काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको आगामी चिट्ठा १ कात्तिकमा खोल्ने भएको छ । १६ देखि ३१ असोजसम्मका बिल यस कार्यक्रममा सहभागी हुनेछ । विभागले यस कार्यक्रममा सहभागी हुन सबै करदातालाई आह्वान गरेको छ ।
सरकारले हरेक १५/१५ दिनमा उपहार कार्यक्रमको चिट्ठा खोल्ने गरेको छ । यस अन्तर्गत हरेक दिन १/१ जनाले १ लाख र हरेक १५ दिनमा १० लाख बम्पर उपहार प्राप्त गर्छन् । सरकारले बिल माग्ने र दिने प्रवृत्ति प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको हो ।





