बिहीबारदेखि टाढा र रातिको समयमा यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भू-भागमा अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको उच्च जोखिम रहेकाले मौसम र बाटोको अवस्था बुझेर मात्र सवारी साधन सञ्चालन गर्न मातहतका निकायलाई आग्रह गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।

साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ । सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *