लक्ष्मी सनराइज डिबेन्चर २०९२ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज डिबेन्चर २०९२ सूचीकृत भएको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच १० वर्ष अवधिको ७ प्रतिशत ब्याजदर भएको ‘लक्ष्मी सनराइज डिबेन्चर २०९२’ ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो।

अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको उक्त ऋणपत्रका कुल ३० लाख कित्ता नेप्सेमा सूचीकृत भएका छन्।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज १ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो । उक्त ऋणपत्रको दोस्रो बजारमा असोज ८ गतेबाट कारोबार सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *