उद्योगमन्त्रीले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् ।

उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *