१४ सहसचिव र ९ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। झापाका सीडीओ शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ।

यसैगरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई  दाेलखा, गंगा बहाहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। यस्तै, रौतहटका सिडियो दिनेश सागर भुसाल, गोरखाका तुलसी बहादुर श्रेष्ठ, दाेलखाका हरि प्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ।

९ जना उपसचिवको सरुवा हुँदा केही साना जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि फेरिएका छन्। कुलेश्वर अर्याललाई भोजपुर, नवरराज बराललाई जाजरकोट, महेश कुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, अमर बहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *