भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुन:स्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ ।

माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीबाट सुरुङभिक्र रहेका अन्य व्यत्तिको खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ ।

साथै, प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः स्थापना तथा क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

मानवीय जीवनको रक्षा र प्रभावित क्षेत्रमा आवश्यक सेवा शीघ्र सुचारु गर्न मन्त्रालय सम्पूर्ण संयन्त्र परिचालन गरी निरन्तर समन्वयमा जुटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *