काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्।
सिजापति ४ वर्षे कार्यकालका लागि बैंकको सीईओमा नियुक्त भएका हुन्।
यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आवद्ध रहेका सिजापतिसँग बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ। सिजापति चार्टर्ड एकाउन्टेन्ट हुन् ।
सीईओ सुयोग श्रेष्ठ २ कार्यकालको सकाएर बैंकबाट बाहिरिएसँगै सिजापति सिईओ नियुक्त भएका हुन्।





