गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन्, समन्वयमा लाग्नुहोस् : सांसद सुवेदी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले विपद्को समयमा गृहमन्त्री सुधान गुरुङको भूमिका अत्यन्त महत्वपूर्ण हुने भए पनि जिम्मेवारीअनुसार काम हुन नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यतिबेला सशस्त्र प्रहरी जनपथ प्रहरीहरू स्रोतसाधनविहीन भएका छन्, भन्ने जानकारी हामीलाई छ’, सांसद सुवेदीले भने, ‘गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन् । सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने हो सरकारको काम हो । यसमा पनि मुख्यत: गृहमन्त्रीको काम हो ।’

सांसद सुवेदीले घाइतेको उपचारलाई उच्च प्राथमिकता दिन र घरवारविहीनहरूको राम्रो व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

‘सरकार सोसल मिडिया र समाचारमा जति चर्चामा छ । तर, फिल्डमा सरकारको उपस्थिति कमजोर देखिन्छ’, उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *