साउन महिनामै १ अर्ब ७१ करोडबढीले घट्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना अर्थात् साउनमै वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाहमा गिरावट आएको छ। असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह १ अर्ब ७१ करोड रुपैयाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ।अघिल्लो महिना ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।एक महिनाको अवधिमा बैंकहरूको कुल कर्जा प्रवाह ०.०३ प्रतिशतले खुम्चिएको देखिन्छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार मसान्तमा बैंकहरूको कुल कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो । यसअनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ०.०३ प्रतिशतले घटेको हो ।

साउनमा २० वाणिज्य बैंकमध्ये १० वटाको कर्जा प्रवाह बढेको छ भने १० वटाको घटेको छ । कर्जा विस्तार गर्ने बैंकमध्ये नबिल बैंक अगाडि देखिएको छ । बैंकको कर्जा प्रवाह एक महिनामा ३ अर्ब १६ करोड रुपैयाँले बढेर ४ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा नबिलको कर्जा प्रवाह ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ थियो ।

ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह ३ अर्ब ८२ करोड रुपैयाँले बढेर ४ खर्ब ८० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकले ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को कर्जा प्रवाह पनि २ अर्ब ३९ करोड रुपैयाँले बढेको छ । असार मसान्तमा ३ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ रहेको कर्जा साउन मसान्तमा ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको हो ।

रकमका आधारमा साउनमा सबैभन्दा धेरै कर्जा थप्ने बैंक भने लक्ष्मी सनराइज बैंक बनेको छ । बैंकको कर्जा प्रवाह एक महिनामा ६ अर्ब १० करोड रुपैयाँले बढेर ३ खर्ब २६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ थियो । प्रतिशतका आधारमा बैंकको कर्जा प्रवाह १.९० प्रतिशतले बढेको छ ।

साउन महिनामा  एभरेस्ट बैंकको कर्जा प्रवाह पनि ५ अर्ब २३ करोड रुपैयाँले बढेको छ । बैंकको कर्जा २ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा २ खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह ५१ करोड रुपैयाँले बढेर ७१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको कर्जा ७० अर्ब ८२ करोड रुपैयाँ थियो । यसअनुसार बैंकको कर्जा प्रवाह ०.७२ प्रतिशतले बढेको हो ।

यस अवधिमा एनआईसी एसिया बैंकको कर्जा प्रवाहमा भने गिरावट देखिएको छ । बैंकको कर्जा एक महिनामा ६ अर्ब २८ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । असार मसान्तमा बैंकको कर्जा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो । यसअनुसार बैंकको कर्जा प्रवाह २.९७ प्रतिशतले घटेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *