को बन्ला पर्यटन बोर्डको नयाँ सीईओ? १६ जना उम्मेदवार सर्टलिस्टमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।

कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई छनोट उपसमितिले सर्टलिस्ट गरेको हो ।

शुक्रबार सार्वजनिक गरिएको सूचीमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम के.सी. (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) छन्

त्यसैगरी रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन् ।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८:१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

उम्मेदवारहरूले उपस्थित हुँदा शैक्षिक योग्यता र कार्यानुभवका सक्कल कागजात पेस गर्नुपर्नेछ । साथै, उनीहरूले छनोट प्रक्रियाअन्तर्गत प्रस्तुतीकरणसमेत दिनुपर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *