गरिमा चौधरी प्रकरणमा आरोपितको बयान भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको समयमा बयान कक्षमै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । भिडियोमा किशोरले घटनाबारे दिएको बयान समावेश छ ।

प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो ।

त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् । बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *