नियुक्त भएको १९ दिनपछि याङ्कीले सम्हालिन लगानी बोर्डको सीईओको कार्यभार

काठमाडौँ। लगानी बोर्डकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याबले कार्यभार सम्हालेकी छिन्। सरकारले नियुक्त गरेको १९ दिनपछि याङ्कीले सोमबार पदभार सम्हालेकी हुन्।

मन्त्रिपरिषद्को गत साउन २० गतेको बैठकले याङ्कीलाई सिइओ नियुक्त गरेको थियो । लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालले सीईओ याङ्कीले आज पदभार समालेको जानकारी दिइन्।

सरकारले लगानी बोर्डको सीईओ नियुक्त गरेको आधिकारिक पत्र नदिएका कारण उनले पदभार ग्रहण गर्न पाएकी थिइनन्। उक्याबलाई मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *