नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अवस्थी

काठमाडौँ । नबिल बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थी हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ कोर्स गरेका छन्।

बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव हासिल गरिसकेका अवस्थी ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल प्रवेश गरेका थिए।

अवस्थी अपरेसन, जोखिम, ऋण शाखा व्यवस्थापनलगायतमा अब्बल मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *