टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

काठमाडौं । विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। Frost & Sullivan द्वारा जारी Market Position Statement अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।

उक्त Market Position Statement सन् २०२६ जुनमा जारी गरिएको हो। विश्व एयर कन्डिसनर बजारसम्बन्धी व्यापक अनुसन्धानका आधारमा Frost & Sullivan ले TCL को उक्त विश्वव्यापी बिक्री उपलब्धिलाई प्रमाणित गरेको हो। यस उपलब्धिले विश्व AC बजारमा TCL को बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

चीनको AC निर्यातमा TCL दोस्रो स्थानमा

TCL ले एयर कन्डिसनर निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ChinaIOL को तथ्यांकअनुसार सन् २०२४ मा TCL ले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीभित्र राखेको छ। सोही अवधिमा TCL को AC निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको थियो। यससँगै TCL चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको ChinaIOL को तथ्यांकमा उल्लेख छ। त्यस्तै, चीनका शीर्ष तीन AC निर्यातकर्तामध्ये TCL ले सबैभन्दा उच्च निर्यात वृद्धि दर हासिल गरेको समेत उक्त तथ्यांकले देखाएको छ।

विश्व बजारमा TCL AC को बढ्दो उपस्थिति

विश्वका विभिन्न बजारमा TCL एयर कन्डिसनरको विस्तारसँगै कम्पनीले आफ्नो उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी तथा प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको छ। TCL का अनुसार विश्वव्यापी बजारमा हासिल भएका यी उपलब्धिले कम्पनीको उत्पादन क्षमता मात्र नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको निरन्तर प्रगतिलाई पनि प्रतिबिम्बित गर्छ।

नेपाली बजारमा पनि TCL को उपस्थिति थप मजबुत

विश्व बजारमा TCL AC ले हासिल गरेको उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा TCL ले विभिन्न क्षमता तथा सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका फरक–फरक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। विश्वव्यापी स्तरमा स्थापित उत्पादन क्षमता, निरन्तर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका आधारमा TCL ले नेपाली बजारमा समेत आफ्नो एयर कन्डिसनर व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।

नेपालमा पनि TCL उपभोक्तामाझ लोकप्रिय Home Entertainment तथा Home Electronics ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी TCL TV, Air Conditioner, Washing Machine, Refrigerator, Water Dispenser, Music System तथा VRF लगायतका उत्पादनहरू आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका छन्।

नेपालमा TCL का उत्पादनहरू CG Electronics मार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै TCL ले नेपाली बजारमा स्मार्ट, नवीन र भरपर्दो Home Entertainment तथा Home Electronics ब्रान्डको रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाउँदै लगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *