बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक ५ हजारले वृद्धि

काठमाडौं । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले बढाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

‘प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *