काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनःस्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ।
मन्त्रालयको कानुन शाखाले विधेयकको मस्यौदा अध्ययन गरी सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई सुझाव पठाउन आग्रह गरेको हो।
मन्त्रालयका अनुसार विधेयकमा कुनै राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउनुपर्नेछ। प्राप्त सुझावलाई विधेयकको मस्यौदा परिमार्जन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने क्रममा समेटिने जनाइएको छ।
मन्त्रालयले राय, सुझाव तथा टिप्पणीका लागि ७ दिनको समयसीमा तोकेको छ। इच्छुक व्यक्ति तथा सरोकारवालाले भदौ ३ गतेसम्म सुझाव पठाउन सक्नेछन्।
मन्त्रालयको कानुन शाखाले स्वास्थ्यसम्बन्धी आवश्यक ऐन तथा नियमावली तर्जुमा, परिमार्जन तथा कानुनी राय–सुझाव दिने काम गर्दै आएको छ।




