काठमाडौं । हेलो सरकारमा एक सातामै ६ हजार ६०८ वटा गुनासा आएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार पोर्टल र फोनमार्फत उक्त संख्यामा गुनासा प्राप्त भएका हुन्।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टलमार्फत ३ हजार ४९६ गुनासा आएका छन्। तीमध्ये २ हजार २२५ गुनासा सम्बन्धित निकायमा पठाइएको, २ हजार २१ समाधान भएको र ९८१ वटा फर्छ्योट भएका छन्।
त्यस्तै, हेलो सरकारमा गुनासोका लागि ३ हजार ११० कल उठाइएको कार्यालयले जनाएको छ। फोनमार्फत २ हजार १७७ गुनासा व्यवस्थापन भएका छन् भने १० वटा गुनासा रद्द गरिएको छ।
प्रधानमन्त्री कार्यालयले अबदेखि हरेक शुक्रबार साताभर भएका कामको विवरण सार्वजनिक गर्ने जनाएको छ।





