काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयकाअनुसार आवेदन दिने अन्तिम समयसम्म ८ जनाको आवेदन परेको हो ।
सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान)को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि उनीहरू अन्तर्वार्तामा सहभागी हुनेछन् । यसअघि सिफारिस समितिले सीईओ पदका लागि साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन आह्वान गरेको थियो ।




