काेशीमा कांग्रेसका मन्त्रीले बुझाए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।

उनीहरुले आज बसेको मन्त्रिपरिषद् बैठकको समापन पछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् । केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *