रिलायबल नेपाल लाइफले गर्यो अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार काठमाडौं शाखामार्फत जीवन बीमा गरेका बीमित हरिप्रसाद काफ्लेलाई पूर्ण अशक्तता सुविधा लागू भएपछि उक्त रकम भुक्तानी गरिएको हो। उनले २०७६ सालमा रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिका लागि एक करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए। साथै, पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँको अतिरिक्त सुरक्षा पनि लिएका थिए।

केही समयअघि पार्किन्सन रोगका कारण उनको स्वास्थ्य अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुसार रहेको पुष्टि भएपछि कम्पनीले ५० लाख रुपैयाँ दाबी रकम उपलब्ध गराएको जनाएको छ। यससँगै उनले बाँकी ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट सुविधा पनि प्राप्त गरेका छन्।

कम्पनीले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानी सेवा प्रदान गर्दै बीमितप्रतिको दायित्व निर्वाह गर्दै आएको उल्लेख गरेको छ। साथै, भविष्यमा पनि कठिन परिस्थितिमा ग्राहक तथा उनका परिवारलाई भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *