विष्णु पौडेलसँग जोडिएको पुरक मुद्दामा दीपक भट्टलाई नि:शर्त रिहाइको आदेश

काठमाडौं । व्यवसायी दिपक भट्टविरुद्ध दायर गरिएको पुरक मुद्दामा अदालतले उनलाई नि:शर्त रिहाइको आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध पहिले दायर गरेको सम्पत्ति शुद्धीकरण मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र (पुरक मुद्दा) दायर गरेको थियो । यसमा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ । पौडेल भने यसअघि नै साधारण तारेखमा रिहा भइसकेका छन्।

पौडेल अर्थमन्त्री हुँदा पद र प्रभावको दुरुपयोग गरी श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर (३ लाख ७५ हजार कित्ता) अत्यन्तै न्यून मूल्यमा (प्रतिकित्ता १०० रुपैयाँ) दीपक भट्टको कम्पनी (हिमालयन एसेट म्यानेजमेन्ट, जसको पूर्ण स्वामित्व भट्टको इन्फिनिटी होल्डिङ्ससँग छ) लाई हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप मुद्दामा लगाइएको थियो ।

व्यवसायी भट्टविरुद्ध थप करिब ४७ करोड ७७ लाख ६६ हजार रुपैयाँ थप विगो दाबी माग गर्दै पुरक निवेदन पेश गरिएको थियो । सोहि मुद्दामा आज व्यवसायी भट्टलाई नि:शर्त रिहाइको आदेश दिएको हो।

आज विशेष अदालतले उक्त पुरक मुद्दामा व्यवसायी भट्टलाई तारेखमा राख्नु नपर्ने र थप धरौटी पनि नलिने निर्णय सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *