काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन सेवा र नेपाल इन्जिनियरिङ सेवाका सहसचिवहरूको सरुवा गरिएको हो।
सरकारले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै बुधबार महानगरबाट बिदा भएका थिए ।
यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिव महेश चन्द्र न्यौपानेलाई गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार के.सीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।




