इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई टिकटको मूल्य पनि बढेको छ। निगमले १७ साउनदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएर २९० रुपैयाँ पुर्‍याएको थियो।

इन्धनको मूल्य समायोजन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूको फ्यूल सरचार्ज बढाएको हो। नयाँ भाडादर आजदेखि लागू भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको टिकट मूल्य ८८० रुपैयाँले बढेको छ। विराटनगर–धनगढी रुटमा सबैभन्दा बढी १ हजार २९० रुपैयाँले भाडा बढेको छ भने नेपालगन्ज–भद्रपुरमा १ हजार १७० र जनकपुर–धनगढीमा १ हजार १०० रुपैयाँले वृद्धि भएको छ।

यस्तै काठमाडौं–पोखरा ३१५, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगन्ज ६५५, काठमाडौं–तुम्लिङटार ३७० र काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँले हवाई भाडा बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *