नेपाल लाइफको ४५ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ लाख १४ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार कम्पनीको ४५ लाख १४ हजार ३८१.६० कित्ता बोनस शेयर सूचीकृत भएको हो।

नेपाल लाइफले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *