काठमाडौं । नबिल बैंकले प्रमुख जोखिम अधिकृत पदका लागि कर्मचारी माग गरेको छ। बैंकले वरिष्ठ प्रबन्धक वा सोभन्दा माथिल्लो तहका लागि योग्य तथा अनुभवी नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
उक्त पदका लागि वित्त, अर्थशास्त्र, तथ्याङ्क, गणित, जोखिम व्यवस्थापन, बैंकिङ वा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ।
साथै, कम्तीमा १५ वर्षको बैंकिङ अनुभव र जोखिम व्यवस्थापन क्षेत्रमा ८ वर्षको अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ।
FRM, PRM, CFA, CA तथा साइबर सुरक्षा जोखिमसम्बन्धी प्रमाणपत्र भएका र Basel Framework, IFRS 9/ECL, Stress Testing तथा Digital Risk सम्बन्धी अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारले १८ अगस्ट २०२६ भित्र नबिल बैंकको करियर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।
Facebook Comments Box





