काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर १६६३.१८ को विन्दुमा कायम भएको छ ।
आज ३४३ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेृशनल हाइड्रोपावरको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १४ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानकिर्ताले १०.०७ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानकिर्ताले ५.२६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ११.६७ प्रतिशतका दरले गुमाएका हुन् ।




