कृषि विकास बैंकमाथि राष्ट्र बैंकको ‘नियामकीय डण्डा’

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि विकास बैंक लिमिटेडलाई कारबाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय निर्देशनविपरीत बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीको व्यवस्था पालना नगरेको भेटिएपछि कारबाही गरेको हो।

राष्ट्र बैंकका अनुसार विशेष स्थलगत निरीक्षणका क्रममा बैंकले नेपाल राष्ट्र बैंक तथा कानून कार्यान्वयन गर्ने निकायबाट प्राप्त निर्देशनबमोजिम समयमै बैंक खाता रोक्का नगरेको पाइएको हो।

 बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले बैंकलाई सचेत गराएको जनाएको छ।

राष्ट्र बैंकले कृषि विकास बैंकलाई सचेत गराउँदै बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा उल्लेखित व्यवस्थाबमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवा गर्ने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

साथै, आगामी दिनमा यस्ता कमजोरी नदोहोर्‍याई नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *