सर्वोच्च अदालतमा दायर गर्ने नेपाल बंगलादेश बैंकका संस्थापक शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएका छन्।
श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले बैशाख १९ गते, बैशाख २१ गते, नेबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर सम्झौता विरुद्द छुट्टाछुट्टै रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएर पेशी समेत तोकिईसकेको थियो।
अदालतले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि अदालतले दुवै रिटलाई एकै साथ राखेर सुनुवाई गरिरहेको थियो ।न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको अवस्थामा मुद्दा फिर्ता भएको हो।
दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास ताेकिएको थियो। मंगलबारको इजलास दुबै पक्षले टारेपछि बुधबार पुर्याएको थियो। बुधबारको इजलासमा हेर्न नमिल्ने भएपछि बिहीबार पेशी तोकिएको थियो।
नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर वरावर उक्त कम्पनीका शेयरधनीहरुलाई नविल बैंक लिमिटेडको ४३ कित्ता १:०४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्न लागिएको हो।
दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा बोलाएका छन्। अदालतको आदेशपछि रोकिएको मर्जर प्रकृया मुद्दा फिर्तासँगै अब अगाडि बढ्ने छ।






