कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनको शपथ भने बुधबार हुने प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीले रातोपाटीलाई बताए। शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *