राष्ट्रियस्तरका विकास बैंकः ११३ प्रतिशतले बढ्यो नाफा, कसको कति ?

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कुल १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जगरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ११३.२३ प्रतिशतले वृद्धि भएको हो।

गत वर्षको सोही अवधिमा यी बैंकहरूको कुल नाफा ७८ करोड ३४ लाख रुपैयाँमा सीमित रहेको रहेकाे थियाे । यस वर्षको समीक्षा अवधिमा बैंकहरूको नाफा करिब दोब्बरभन्दा बढी भएको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउनेमा लुम्बिनी विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले ज्योति विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको असोजसम्म लुम्बिनी विकास बैंकले ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म लुम्बिनीले ३४ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा मुक्तिनाथ रहेको छ। समीक्षा अवधिसम्म मुक्तिनाथले ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४३.४४ प्रतिशतले बढेको छ।

तेस्रोमा गरिमा विकास बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले २४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४.१७ प्रतिशतले घटेको छ।

यसैगरी चालु वर्षको असोजसम्म कामना सेवा विकास बैंकले २३ करोड ११ लाख रुपैयाँ, ज्योति विकास बैंकले २० करोड १ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ११ करोड ६४ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कामना सेवाको नाफा १६.९९ प्रतिशत र ज्योतिको १८४.५९ प्रतिशत बढ्दा शाइन रेसुंगाको २.६६ प्रतिशतले घटेको छ।

त्यस्तै महालक्ष्मीको नाफा २१.४८ प्रतिशतले बढ्दा सांग्रिलाको ६२.७ प्रतिशतले घटेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *