भरतपुरमा रेणुको २२६७ मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले २२६७ मतको अग्रता लिएकी छन्।

हालसम्म ३२ हजार २ सय ९३  मत गणना गर्दा रेणुले ११ हजार ९ सय ६६ मत पाएकी छन् भने राप्रपासँग तालमेल गरेको नेकपा एमालेका विजय सुवेदीले ९६९९ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १४ हजार १ सय ६६ मत पाउँदा राप्रपाका हिमला गुरूङले ७ हजार ८७० मत पाएकी छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *