काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। ।
समितिका अनुसार गोलभेँडा, आलु, प्याजसहित अधिकांश तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरिएको हो।
सूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो स्थानीय गोलभेँडा १५ रुपैयाँ र टनेल गोलभेँडा २५ रुपैयाँमा कारोबार भइरहेको छ।
रातो आलु प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला २० रुपैयाँ तथा लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँ निर्धारण गरिएको छ।
सिमी तथा अन्य तरकारीमध्ये मकै बोडी ५० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, घिउ सिमी ६० देखि ८० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ र भिन्डी ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागपाततर्फ रायो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउमध्ये कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलाजन्य वस्तुमध्ये अदुवा प्रतिकिलो १८० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ३५ रुपैयाँ, बुलेट खुर्सानी ३० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, चिनियाँ सुकेको लसुन २०० रुपैयाँ र नेपाली सुकेको लसुन १७० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ, छडी माछा २५० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।




