नबिल बैंकलाई आइक्यानका तीन प्रतिष्ठित अवार्ड

काठमाडौं ।नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।

बैंकले लगातार तेस्रो वर्ष निजी क्षेत्रका बैंकतर्फ ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) गोल्ड अवार्ड’ जितेको हो।

यससँगै आइक्यानले यस वर्ष पहिलो पटक सुरु गरेको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ अन्तर्गत पनि बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।

यसरी नबिल बैंकले एकै वर्ष तीन विधामा सम्मान हासिल गरेको हो।

मंगलबार काठमाडौंमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।

आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा आइक्यानले पुरस्कार प्रदान गरेको हो।

वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपनालगायतका मापदण्डका आधारमा मूल्यांकन गरी नबिल बैंकलाई उत्कृष्ट ठहर गरिएको आइक्यानले जनाएको छ।

यसअघि पनि बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही अवार्ड प्राप्त गरेको थियो।

यस वर्षको पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’का लागि पनि मनोनयन हुने जनाइएको छ।

नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका २५ लाखभन्दा बढी ग्राहक रहेका छन्।

पछिल्ला वर्षहरूमा बैंकले दिगो बैंकिङ र डिजिटल सेवामा जोड दिँदै ‘एनबैंक’ डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *