४२५ पालिकाको मतपरिणाम सार्वजनिक (सूचीसहित)

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । हालसम्म ४२५ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा जित हाँसिल गरेकाे छ  । अहिलेसम्म कांग्रेसले १९७ स्थानीय तहमा जितकाे छ ।

नेकपा एमालेले हालसम्म १२१ स्थानीय तहमा जित्दा नेकपा माओवादी केन्द्रले ८३ पालिकामा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले सात पालिकामा हित हाँसिल गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले पाँच ठाउँमा जितेको छ भने राष्ट्रिय जनता पार्टी (राप्रपा)ले दुई पालिका जितेकाे छ । स्वतन्त्र उम्मेदवारले पनि मेयर/अध्यक्षमा पाँच ठाउँमै जितेको छ । अन्यले १० ठाउँमा जित हात पारेकाे छ ।

उपमेयर तथा उपाध्यक्षतर्फ पनि सबैभन्दा बढी कांग्रेसले नै जितेको छ । अहिलेसम्म कांग्रेसले १८८ पालिकामा उपमेयर/उपाध्यक्ष जितेको छ ।

एमालेले उपमेयर/उपाध्यक्षमा पनि १२१ पालिकामै जित हात पारेको छ । माओवादीले उपमेयर/उपाध्यक्ष ८९, एकिकृत समाजवादीले १४, जसपाले पाँच र अन्यले ६ पालिका जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *