स्थानीय तहको निर्वाचनपछिको अवस्थाबारे समिक्षा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भेटवार्तामा जुटेका छन् ।
प्रधानमन्त्री देउवा र दाहाल अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तल्लो तहसम्मै तालमेल भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक रुपमै गठबन्धन राम्रोसँग कार्यान्वयन नभएको गुनासो पोखेका छन् ।
बाबुरामले कांग्रेस र माओवादी केन्द्रले मात्रै चुनावी लाभ लिएको आरोप लगाएका थिए । माधव नेपालले पनि अब गठबन्धनमा चुनावको परीणामबारे गम्भीर समिक्षा हुने बताईसकेका छन् ।
Artha Sanjal






