काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् ।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार साँझ पौने ७ बजेसम्मको मत परिणामअनुसार थप अग्रता थप बढाएका छन् ।
दोस्रो स्थानमा रहेको केशव स्थापित ५ हजार ८४७ मतले पछाडि छन् ।
यस्तो छ पछिल्लो मतपरिणाम
बालेन शाह (स्वतन्त्र) – १२५५३
केशव स्थापित (एमाले) – ६७०६
सिर्जना सिंह (कांग्रेस) – ५९५७
काठमाडौं महानगरपालिकामा भर्खरै वडा नम्बर २९ को मतगणना सुरू भएको छ । उक्त वडा स्थापितको हो । उक्त वडामा पनि बालेन पहिलो नम्बरमा छन् । स्थापित तेस्रो नम्बरमा छन् ।







