बस्दै नबसी सर्यो प्रतिनिधि सभा बैठक

काठमाडौँ।  आज (बुधबार) बिहान ११:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी सरेको छ।

विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै  समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। अब प्रतिनिधि सभाको बैठक आजै दिउँसो २:०० बजे बस्ने गरी निर्धारण गरिएको छ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले बैठकको नयाँ समय तय गरेका हुन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *