खाँडाचक्र मेयरमा स्वतन्त्र उम्मेदवार शाही विजयी

कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् । शाही २७९७ मत ल्याएका थिए ।

शाहीका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले २३६६ मत ल्याएका थिए ।

उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् । एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *