ठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार बालेनले ७५३४ मत पाएका छन् ।
एमालेका केशव स्थापितले ३९८२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत पाएकी छन् ।
अहिले वडा नम्बर ६ को पनि मतगणना भइरहेको छ । वडा ६ मा सुरुवाती गणनामा पछि परेका बालेनले अहिले अग्रता लिएका छन् ।
अहिलेसम्म बालेनले ६ नम्बर वडामा ७२ मत पाएका छन् भने सिंहले ४२ तथा स्थापितले ३४ मत पाएका छन् ।
६ नम्बरकाे प्रारम्भिक परिणाम अनुसार स्थापितले २०, सिंहले १८ र बालेनले १७ मत पाएका थिए । तर अहिले फेरि बालेनले अग्रता लिँदा स्थापित ६ नम्बरमा तेस्राेमा झरेका हुन् ।







