प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भन्नुभएको छैन- प्रवक्ता पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल प्रधानमन्त्री वालेन्द्र साहको बचाउमा उभिएका छन्। बालेन्द्रको बचाउ गर्दै सस्मित पोखरेलले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले नदिएको दाबी गरेका हुन् ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधामन्त्री बालेन्द्रको बचाउ गरे पनि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीबालेन्द्रले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको उल्लेख गर्दै दुवै देशले एक अर्काको जमिन मिचेको बताएका थिए ।

प्रधानमन्त्री शाहले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

तर, सस्मित पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्न खोजेका छन्। पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्रीज्युले के भन्नुभएको हो भने- सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *