नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।

एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।

दूई समूहमा विभाजन गरिएको क्वालिफायरमा समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार थिए । कतार प्रतियोगितामा सहभागि नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन् ।

अब नेपाल र मलेसियाबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । २० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *