बैतडी सुर्नया-२ मा राप्रपाकाे प्यानल नै विजयी

बैतडीको सुर्नया गाउँपालिका वडा नं  २  मा राप्रपाका उम्मेदवार विजयी  भएका छन् । राप्रपाबाट गणेश बहादुर विष्ट ३ सय मत लिएर प्यानल सहित  विजयी  भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २ सय ३८ मत ल्याएका छन् । यस्तै नेपाली  काँग्रेसका कृष्ण बहादुर पाण्डेले १ सय ५० .माओवादीका पूर्ण बहादुुर  विष्टले १ सय ५५ मत ल्याएका हुन्  ।

यो वडामा  एमाले र राप्रपाको चुनावी  तालमेला भएको  थियो । यो   पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर  चन्दको  वडा पनि  हो । यो वडामा ७४ सालमा पनि राप्रपाले नै जितेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *