काठमाडौँ। प्रतिनिधिसभा बैठकलाई प्राथमिकतामा नराख्ने प्रधानमन्त्री वालेन्द्रसाह बुधबारको बैठकमा आफ्नो दुर्लभ उपस्थिति देखाएका छन्।
सामान्यतया: संसद् भवनमा नदेखिने र देखिए पनि साह्रै छोटो समयका लागि देखिने प्रधानमन्त्री शाहले बुधबार पनि आफ्नो विशेषता कायमै राखेका छन्। बुधबारको बैठकमा आकस्मिक समय चल्दा अनुपस्थित रहेका वालेन्द्र रास्वपा सभापति रवि लामिछाने बोल्दै गर्दा भने संसद् छिरे ।
उनी आफ्नो दल रास्वपा) का सभापति लामिछानेले सम्बोधन गर्दागर्दै संसद् भवनमा आचानक देखिएका थिए। एकछिन सभापति लामिछानेले गरेको आफ्नो प्रशंशा सुने। तर, लामिछानेले बोली सक्दा नसक्दै उनी आफ्नो सदाबहार शैलीमा कसैतिर हेर्दै नहेरी फुत्त बाहिर निस्किए।
यसअघि पनि प्रधानमन्त्री वालेन्द्र संसद्मा रसुवामा आएको बाढीले ऊत्पन्न विपत्तिबारे बोल्न आएका थिए। तर, आफूले बोलिसक्नेबित्तिकै उनी फ्लोरमा बस्दै नबसी रोष्ट्रमबाटै बाहिरिएका थिए।
आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले भने राज्य यतिबेला रसुवा विपद्कोकहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको दावी गर्दै थिए।
संसदमा सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले सरकारको कामबारे प्रशंसा गरेर प्रफुलित भएका थिए। उनले भने, ‘राज्य आफ्नो नागरिकको प्राण खोजिरहेको छ, सर्वस्व गुमाएर आकाशमुनी बसेका नागरिकको छहारी बन्न लागि रहेको छ,’ उनले भने।
सरकारले गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी नराखेको बताउँदै उनले विपदमा पनि आरोप प्रत्यारोप गरेको भन्दै असन्तुष्टि पनि जनाए। उनले प्रतिपक्ष दललाई इंकित गर्दै यो राजनीतिको रोटी सेक्ने बेला नभएको सुनाए।






