बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्धारा हवाई फायर

बाजुराको हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा सिल भाचिएको विषयमा विवाद हुँदा दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नयव उपरिक्षक चतुरभुज ओझले बताए ।

मतपेटीकामा लगाएको तीन सिल मध्य दुई सिल निस्कीएको अवस्थामा देखेपछि एमालेका कार्यकर्ताले सिल कसरी निस्कीइयो यसको छानबिन हुनपर्छ भन्ने माग राख्न थालेपछि नेपाली कांग्रेसका कार्यकर्ताले माथिबाट ढुंगा मुडा प्रहार गर्ने गरेको ओझाले बताए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ। बिवादले उग्ररूप लिदाँ नेपाल प्रहरीले ९ राउण्ड हावाई फायर गरेको जनाएको छ ।

स्थिति तनाव ग्रस्त हुन थालेपछि थप सुरक्षाकर्मी पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

सिल तोडिएका मतपेटीका मतगणना स्थलमा पुगेपछि मतगणना अन्योलमा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *