सामसुङ नेपालकाे क्यासब्याक अफर, ग्यालेक्सी एस२६ प्लस किन्दा २३००० फिर्ता

काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ।

यसले ग्राहकलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएके छ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लस सामसुङके प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन रहेके कम्पनीकाे भनाइ छ।

ग्यालेक्सी एस२६प्लस खरिद गर्दा ग्राहकले २३००० को इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन्, जसले यसको विशेष अफर मूल्य १८२९९९ बाट घटेर १५९९९९ पर्छ। यो अफर मे १९ देखि जुन ३१ सम्म मान्य हुन्छ।

खरिद अझ सजिलो बनाउन सामसुङ नेपालले एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो इएमआइ  सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता ४३४१ बाट सुरु हुन्छ।

ग्राहकले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *