संसद् बैठक बस्दै, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकमाथिका प्रश्नको उत्तर दिने कार्यसूची

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ। आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहनेछ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *