काठमाडौंमा बालेनकाे अग्रता कायमै

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले अग्रता बनाएपछि समर्थकले राष्ट्रिय सभागृह अगाडि भेला भएर उनको पक्षमा हुटिङ थालेका छन् ।

उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् ।राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  बालेनकै उम्मेदवारीका कारण काठमाडौंको नतिजालाई चासोका साथ हेरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *