काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका विषय समेटिएको छ।
Artha Sanjal






