विश्व बैंकको ५२ मिलियन डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण र पाँच मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले जीटूजी माध्यमबाट भारतसँग ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री केन्द्र लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले पुन: सिफारिस गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले जस्ताको तस्तै अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने अर्को निर्णय गरेको हो । संविधानको मर्म र बहुमतीय प्रणालीविपरीत भएको भन्दै राष्ट्रपति पौडेलले आइतबार अध्यादेश फिर्ता गरिदिएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *