सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब २६ करोड

काठमाडौं । आज शेयर बजार घटेको छ। आज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ को विन्दुमा कायम भएको छ।

आज ३४१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब २६ करोडको शेयर कारोबार भएको छ। आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिबेञ्चरका इकाईधनीले २.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १२.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *